४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान, थपिएला कुलमान घिसिङको कार्यकाल ?


४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान, थपिएला कुलमान घिसिङको कार्यकाल ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ ।

कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्‍याउने गरी प्रस्ताव पुगेको छैन ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङ भोगिरहेको अवस्थामा घिसिङले सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चामा अाएका थिए  । नेपाली जनाताले प्रत्यक्ष अनुभव गरेका लोडसेडिङ को अँध्यारोबाट मुक्तिलाई उनको सर्वाधिक सफल कार्यका रुपमा नेपाली जनताले जानेका छन् । कुलमान घिसिङको कार्यकाल समाप्तिलाई लिएर आम नगरिकमा उत्तिकै चासो रहेको छ ।