नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू


नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौँ ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

असार १० बाट सुरु भएर साउन १३ पछि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हाे । शुक्रबार बिहान ११.३० बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए । 

यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको छ।

असार १४ को प्रधानमन्त्रीको अभिव्यक्तिपछि असार १६ को स्थायी कमिटी बैठक बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । असार १८ मा बालुवाटारमै स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको सिफारिस गरिदिएपछि बैठक प्रभावित भएको थियो ।