आज वीपी कोइरालाको १०७ औं जन्म जयन्ती


आज वीपी कोइरालाको १०७ औं जन्म जयन्ती

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् ।

यद्दपी यो वर्ष काेराेना भाइरस महामारीका कारण औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ ।

केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्र्तगत भोलि दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ।  

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी  हुनुहुन्थ्याे । राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।