दुबाठु सम्झना
क्या राम्रा डाँडा खोला र नाला हरिया जङ्गल ।
सुदुर भनी चिनीने ठाँउ सधैं छ मंगल् ॥ईशमा आस्था चाड पर्व कस्ता वर्षदिन भरिमा ।ती मध्ये एउटा सम्झना यो हो दुबाठु गरिमा ॥
यो गौरा पर्व भित्रको खेल खेलिने नाउँ हो ।तल्कोटि खौला काेट दुबाठु खेलिने ठाउँ हो ॥भुपुको रोजाइ राज प्रसाद उसै नै सुन्दर ।सैपालको छाया सेतिको वायु घुसेको अन्तर ॥
चौतर्फिबाट भक्तको ओइरो गौरिको दर्शन ।श्रद्धाका शब्द गाउदै गर्छन रमाइलो किर्तन ॥पटाङिगिनिको हरियो चौर खचाखच भरिने ।चाभाइ रे खेल्दै बाधका साथ झाकृले नाचिने ॥
रङ्गिविरङ्गि वस्त्रले शोभित जन औ जनना ।सुकमार एवं कुमारी समेत चन्द्रमा समान ॥प्रकृति जित्ने रुपका खानी क्या राम्रा खुलेका ।श्रृंगार ठाँट पारेर सारा वयमा झुलेका ॥
ललाट लोचन कपोल वदन उसैमा मुहार ।अनारदाना दाँतका लहर क्या राम्रा मुहार ॥कोपिला फुल गुलाव राम्रो द्र्खेर रमाउने ।
इश्वरको निम्ति सम्झेर हे भाइ कसले नच्यात्ने ॥
ओरालो सिढी ओर्लेका देख्दा खौलामा वसेर ।भान यो हुन्छ स्वर्गका तारा झर्दैछन खसेर ॥
किर्तन धमारी सकेर नाच झारेर खासामा ।
दोहोरी चल्छ क्या मिठो देउडा बझाङगिमा ॥
हे SS S वग्दै रला सेती कोटमुनि कलकल गर्दै ।
किन लाग्छ यति दुवाठूकाे माया मलाई ॥
हे SS S पाक्न लाग्या घोगा भदौरे चामर सुकि ।
कोइ नदिया धोका सालपछिको भेटघाट हो ॥
गणेश प्रसाद कोईराला
सुदुरपश्चिम प्रदेश, जयपृथ्बी नगरपालिका ८ सेलाखेत बझाङ
पेशा :- शिक्षक
हामीलाई तपाईका रचना, अनुभव र विचार लेखि पठाउने ठेगाना lekhapadhee@gmail.com