गीतकार डा. दिलिप कुमार मल्लकाे एकल रचना भएकाे गीतीएल्वम ‘अप्सरा’ सार्वजनिक


लेखक : लेखापढी      २० भाद्र २०७७, शनिबार १८:४७ मा प्रकाशित     
गीतकार डा. दिलिप कुमार मल्लकाे एकल रचना भएकाे गीतीएल्वम ‘अप्सरा’ सार्वजनिक

काठमाडौं । लेखक तथा गीतकार डा. दिलिप कुमार मल्लद्वारा लिखित एकल रचना भएकाे गीती एल्वम ‘अप्सरा’ सार्वजनिक भएको छ । 

कोभिड-१९ को महामारीका कारण देशमा लकडाउनका समयमा उनकाे गीत सार्वजनिक भएकाे हाे । लकडाउन पहिले नै तयार भइसके पनि केही प्राविधीक कामहरु बाँकी रहेकोले गत चैत्र अन्तिम साता विमोचनको तयारिमा रहेकाे गीतकारले बताउनु भयाे  । उनले थपे चैत्र ११ गते देखि सुरु भएको लकडाउनले गर्दा आजसम्म सार्वजनिक गर्न नपाएकाे हाे । 

डा. मल्लको एकल गीतीएल्वम् अप्सरामा बरिष्ट संगीतकार वशन्त सापकोटाका साथै गायक तथा संगीतकार लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । चर्चित गायक-गायीका स्वरुपराज आचार्य, राज सिग्देल, लक्षुप्रकाश मल्ल र निशा देशारको सुमधुर स्वरले सजिएको यस एल्वममा ९ वटा गीतहरु रहेका छन् ।

डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी

भदौ १७ गते आधिकारीक रुपमा सार्वजनिक गरिएको यस एल्वममा पाऊ हजुरको, अप्सरा हौ की, चाँदनी त्यो कालो रात, मैले चाहेर पनि, म वियोगमा, राजा राजा यो दिलको राजा, लगायतका क्लासिकल फ्लेवरका निकै कर्णप्रिय गीतहरु रहेका छन् । लक्षुप्रकाश मल्लको अफिसियल च्यानल मार्फत युबट्युबमा यि सबै गीत सजिलै सुन्न सकीने छ ।

Dr.dilip kumar malla laxu prakash malla juke box 2077 मन छुने गितहरु

स्टार म्युजिक सेन्टरको प्रस्तुति रहेको डा. मल्लको यस एकल गीतीएल्वमको “म वियोगमा बाँचिरहे” भन्ने गीतमा संगीतकार लक्षुप्रकाश मल्लले  ‘ई क्रोमेटिक स्केल’ अर्थात (१२ वटै स्वरहरु) को प्रयोग गरी ‘एभरेष्ट वल्ड रेकर्ड’ राख्न समेत सफल भएका थिए  ।