हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । याे कविता लेखनको एउटा शैली हो । हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । हाइकू रचना जम्मा ३ हरफमा सत्र अक्षरीय (५–७–५) शास्त्रीय संरचनामा बाँधिएर प्राकृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूक्ष्म अभिव्यक्तिको माध्यम हाइकु हो । विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन् ।-लेखापढी म्यागजिन |
कल्पनाको लोकमा
टोलाए आँखा
२
अश्रुपुरित
आँखाका कुलाबाट
सहस्र बगे
३
मन्द रोसनी
अधुरो मुस्कानले
अतृप्त आत्मा
४
मौनता रहे
अनगिन्ति उत्तर
प्रश्नहरूमा
५
प्रेमको कथा
बिछोडको यातना
गाथा अधुरो
६
अमिट छायाँ
सपना बनिदियो
सूर्य अस्तमा
७
त्रासद स्वप्न
झल्याँस्स बनाउछ
मध्यरातमा
८
अकलुषित
शिष्टता स्वच्छन्दत
लिलाम भयो
मनिश कुमार शर्मा ‘समित’
काठमाडौँ