वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिनेः शिक्षा मन्त्रालय


वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिनेः शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय, प्राविधिक र उच्चशिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने  र शैक्षिक सत्रमा गणना गर्ने जनाएको   छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक विधिबाट सञ्चालित कक्षा नै मुलधारको शिक्षा भएको बताए । यसअघि असार १ गते सरकारले वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो । मन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरेर कार्ययोजनासहित वैकल्पिक कक्षालाई मूलधारको शिक्षा बनाउन लागिएको जानकारी दिए ।

निजी विद्यालयले शुल्कको सिमा ताकेर वैकिल्पक कक्षाको पनि शुल्क लिन पाउने मन्त्री पोखरेलले जनाए । तर शुल्क लिनुअघि स्थानीय तहको अनुमति लिनुपर्ने उनले प्रष्टाए । यसअघि मन्त्रालयले वैकल्पिक कक्षाको शुल्क लिन रोक लगाएको थियो ।

वैकल्पिक कक्षा शैक्षिक सत्रमा गणना हुन्छ : शिक्षा मन्त्रालय