वामदेव गाैतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय


वामदेव गाैतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

 

काठमाडौँ । सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ । उनी संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार गत फागुन २० गते अर्थमन्त्री नियुक्त भएका थिए ।

त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ।