बसन्त बर्णन 


  बसन्त बर्णन 
 
आयो हेर बसन्त सुबास छरदै, घुमी बसन्ती थल्ला ।
शिशिरका सब नग्न बृक्षहरुमा, हास्दै उठे कोपिला ।।
उम्रे पात पालुवा हराभरा भैइ, हरियो भो जङ्गल ।
पन्छिहरु महा भयो अति ठूलो, उत्सव एब मंगल ।।
 
बिहा मण्डपकी नब बुध झै, शृङ्गार पारे सरी ।
मुस्कुराईन धरती रमे ती कोइली, बोल्दै कुहु कु गरि ।।
बनपाखा भरी बेसरी फलफूल, फुलेसी शोभा दिई ।
भमराहरु झुलिए फूलमा, मीठो मधुरम पिई ।।
 
डाँफे कालिज चाखुरा तितरी, मुनाल र रानिचरी ।
सारा कीट पतङग मानव महा, बैराग्य माया भरी ।।
सबको मनखिची आफुमा लिईगयो, प्यारो बसन्त जब ।
माहुरी सरी लट्ठ भै कवि पनि छहारी मुनि तब ।।
 
पाके काफल एसेलु र गुएला, तिलमडा  है बनभरी ।
मीठो रसयुक्त फलको रसिकले उन्मन्द छौ यो धरी।।
घाँस काट्दा युवतिहरु बनमा गाउँनछन बिरही गीत ।
हार्मोनियमको छ ताल सङगमा निन्याउरीको हो कि त ।।
 
तोरीका फुल लाल छन सङगमा, गहुँ बालीको फाट छ।
डाडामा अति लाल गुराँस फुलहरु, बसन्तको ठाँट छ ।।
चिसो छैन न ता गरम छ न बढी, खुला छ सारा नभ ।
क्षणिक सुन्दरता छ जान सबले, बसन्त जाला अब।।

गणेश प्रशाद कोईराला 
जयपृथ्बी नगरपालिका – ८, सेलाखेत 

श्री आधाबगर मा. बि. सुर्मा गा. पा. २, डोगडी, बझाङ 
पेशा :- शिक्षक

हामीलाइ यहाँहरूका अनुभव, सिर्जना र विचार लेखिपठाउने ठेगाना lekhapadhee@gmail.com 

वा 
सिधै https://www.facebook.com/Lekhapadheemedia/ पेजमा म्यासेज गर्न सक्नुहुनेछ । 
हाम्राे फेसबुक पेज
हाम्राे फेसबुक पेज