काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण


काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । 

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।