कुनै पार्टी, वाद वा सिद्धान्त भन्दा ठुलो “राष्ट्र” होइन र ?


कुनै पार्टी, वाद वा सिद्धान्त भन्दा ठुलो “राष्ट्र” होइन र ?

अहिलेकाे युगमा कुनैपनि समाज रुपान्तरणकाे लागि महत्त्वपूर्ण पक्ष भनेकै दर्शन, सिद्धान्त र विचार आबस्यक कुरा हाे । यिनै कुराहरुलाई समाज रुपान्तरणकाे लागि कुनै निश्चित पथमा समुदाय भित्रका हरेक व्यक्ति, समूहलाई सकारात्मक तवरले  र स्वतन्त्रता सहित कुनै निश्चित पथमा अगाडि बढाउनकाे लागि प्रयाेग र अभ्यासमा ल्याईएकाे एउटा लगाम वा कडि नै वाद हाे भन्ने लाग्दछ ।

शास्त्रीय हिसाबले विभिन्न वाद र बेद भएता पनि अहिलेकाे हाम्रो समाजलाई मुख्यतया पुँजिवाद र समाजवाद हुँदै साम्यवादकाे परिकल्पना देखाई नितिगत हिसाबले राजनैतिक अभ्यासमा लागेको देखिन्छ ।

हामी समाज भित्रका पात्रहरु सैद्धान्तिक र बैचारिक दृष्टिकाेणकाे भाेगी र त्यागी भएका छौ । यसरि निरन्तर रुपमा अगाडि बढ्दै हामी वर्तमानबाट सन्तुष्टि नभई सुन्दर भबिस्यकाे परिकल्पना गर्दै अनेक वाद, तन्त्रको बाटो हिडिरहेका छौ । अन्य कुनै वाद, तन्त्र-मन्त्र बाट विचलित नभई निरन्तर एकै पथमा अगाडि बढ्नु नै अहिलेकाे बिश्व राजनीतिकाे वास्तविक पथ हो । 

र्तमान परिस्तिथिमा कुनै एक समूह, पार्टीगत नेतृत्व वा समाजकाे इच्छा र चाहना अनुरुप नै देश र जनताकाे पक्षमा काम गराउनकाे लागि वाद, सिद्धान्त र विचारकाे सिर्जना गरिएको होइन ।

शास्त्रीय हिसाबले विभिन्न वाद र बेद भएता पनि अहिलेकाे हाम्रो समाजलाई मुख्यतया पुँजीवाद र समाजवाद हुँदै साम्यवादकाे परिकल्पना देखाई नितिगत हिसाबले राजनैतिक अभ्यासमा लागेको देखिन्छ । वर्तमान परिस्तिथिमा कुनै एक समूह, पार्टीगत नेतृत्व वा समाजकाे इच्छा र चाहना अनुरुप नै देश र जनताकाे पक्षमा काम गराउनकाे लागि वाद, सिद्धान्त र विचारकाे सिर्जना गरिएको होइन ।

यहाँ सिमित स्वार्थ पुरा गर्न नितिगत हिसाबले देश र जनताकाे पक्षमा काम नगर्ने समुहकाे नाईकेलाई नेता मानिन्छ । विभिन्न बिदेशी वाद, सिद्धान्तलाइ नै मुख्य मार्ग मान्दै र समय अनुसार रंग फेर्दै ६२/६३ सम्म आईपुग्दा नेतृत्वका नाईकेहरुले  देश र जनताकाे अधिकारकाे लागि भन्दै भिन्न भिन्नै शैली अपनाएर अहिलेकाे संघीय लाेकतान्त्रिक गणतन्त्र र वर्तमान विश्व महामारि (Covid-19) सम्मकाे यात्रा गर्दै गर्दा देश र हामी जनता अहिले कुन अबस्था र परिस्थितिकाे सामना गरिराखेका छौं त्याे त यहाँ चर्चा गरिराख्नु पर्ने देख्दिन । सबै परिस्थिति जग जाहेर नै छ ।

विचार गर्नुस-  पानी ट्याङ्की काण्ड र रास्ट्रिय झन्डा काण्ड, राैतहटकाे पुजारी हत्याकाण्ड र गृहले उक्त घटनाकाे बिराेध हुन नदिनु भनी गरिएकाे आदेश काण्ड, झाँपाकाे गाैं हत्या र त्यसपछिको गाेलि काण्ड,  डा• गाेबिन्द केसिलाई प्रहरी निगरानी बढाई धरपकड काण्ड, महामारिकाे फाईदा उठाउदै बिदेशिन बाध्य युवाहरुलाई मातृभुमि फिर्ता हुदा चार्टर्ड फलाईट भन्दै तीन गुना बढि भाडा असुलि काण्ड, बिधुतमा कुलमान घिसिङलाई पुनः नियुक्त नगर्न बहाना बाजि, महामारिलाई बहाना बनाई अनेकन भ्रष्टाचारमा लिप्त पहुचवालाहरु लगाएत लिपुलेक, र MCC जस्ता....

राजनैतिक दृस्टीकोणले नेपालकाे सन्दर्भ हेर्दै गर्दा आ-आफ्नै बुझाईहरु हुन सक्दछन तर वास्तविक राजनीतिज्ञ र नेता हुनुकाे सामान्य अर्थ देश र जनताकाे सुरक्षा, समस्या र आबश्यकताहरुलाई सहज र सरल तरिकाद्वारा निष्पक्ष र न्यायिक ढङ्गबाट सम्पादन गरिनु पर्दछ । तर बिडम्बना हाम्रा नेता र पार्टीका कार्यकर्ताहरु देश र जनताभन्दा पनि पार्टीगत राजनीतिले अङ्गिकार गरेका वाद, सिद्धान्त, विचार भन्दा माथि उठ्न नसक्नुकाे एउटै कारण नेताहरुकाे शैली नातावाद, कृपावाद,र आत्मसमर्पणवाद कै कारण अहिलेकाे परिस्थितिकाे सामना गर्नु परिराखेकाे छ । फलतः अहिले देश बिभिन्न काण्डै काण्डबाट ग्रसित भएको छ । विभिन्न अराजक गतिबिधिहरुकाे उदाङ्गाे रुप भाेग्न बाध्य छौं ।

हामी सम्पूर्ण जनता एक भई कुनै वाद, सिद्धान्त, विचार भन्दा माथि राष्ट्र राखेर जुनसुकै आस्थाका भएता पनि कुनै राजनैतिक प्रतिशोध त्यागि देश रहेन भने राजनैतिक पार्टी पनि रहनेछैन भन्ने कुराको मनन गर्दै अहिलेकाे परिस्थिति र ब्यबस्था काे बिकल्प खाेजिएन भने हामी पुर्व नेपालीको रुपमा नयाँ परिचय नबन्ला भन्न सकिदैन ।

देश र हाम्रो रास्ट्रियता माथि हुने गरेका विभिन्न हमला कुनै गुरु योजना बिहिन हुन भन्ने लाग्दैन । विचार गर्नुस-  पानी ट्याङ्की काण्ड र रास्ट्रिय झन्डा काण्ड, राैतहटकाे पुजारी हत्याकाण्ड र गृहले उक्त घटनाकाे बिराेध हुन नदिनु भनी गरिएकाे आदेश काण्ड, झाँपाकाे गाैं हत्या र त्यसपछिको गाेलि काण्ड,  डा• गाेबिन्द केसि लाई प्रहरि निगरानी बढाई धरपकड काण्ड, महामारिकाे फाईदा उठाउदै बिदेशिन बाध्य युबाहरुलाई मातृभुमि फिर्ता हुदा चार्टर्ड फलाईट भन्दै तीन गुना बढि भाडा असुलि काण्ड, बिधुतमा कुलमान घिसिङलाई पुनः नियुक्त नगर्न बहाना बाजि, महामारिलाई बहाना बनाई अनेकन भ्रष्टाचारमा लिप्त पहुचवालाहरु लगाएत लिपुलेक, र MCC जस्ता विवादित काण्डहरुका बिराेधका कारण पनि अहिलेकाे सरकार कसैकाे कठ्पुतलि भै काम गर्न बाध्य छ भन्ने कुराकाे पुष्टि भइरहेकाे छ ।

यहि परिस्थिति देशमा रहिरह्यो भने देश र जनतामा बिखण्डन ल्याउन सुनियोजित तरिकाले विभिन्न बिषयहरु मार्फत जातिय र धार्मिक द्वन्द्व भड्काएर पुर्ण रुपमा सरकार र देशलाई असफल बनाई असफल राष्ट्र घाेषणा गराउने गिरोह सक्रिय भएर लागेको आभास हुन्छ ।  हामी सम्पूर्ण जनता एक भई कुनै वाद, सिद्धान्त, विचार भन्दा माथि राष्ट्र राखेर जुनसुकै आस्थाका भएता पनि कुनै राजनैतिक प्रतिशोध त्यागि देश रहेन भने राजनैतिक पार्टी पनि रहनेछैन भन्ने कुराको मनन् गर्दै अहिलेकाे परिस्थिति र ब्यबस्थाकाे बिकल्प खाेजिएन भने हामि पुर्ब नेपालीको रुपमा नयाँ परिचय नबन्ला भन्न सकिदैन ।

तसर्थ, जसरि अहिले नेपाली राजनैतिक वृत्तचित्र देखा पर्दैछ, के हामीले यसैका लागि त्याग तपस्या समर्पण र बलिदानी गरेकाे हाे त ? एक चाेटि गम्भीरतापुर्वक साेच विचार गरि सत्यसँग हामी अगाडि बढ्ने काेसिस गर्यौ भने पक्कै पनि हाम्रा पुर्खाकाे त्याग, तपस्या, बलिदानी र निसानिकाे दु:ख मेहनत खेर जाने छैन, साथै राष्ट्र संकटकाे बेलामा कुनै तन्त्र, वाद, सिद्धान्त, विचार, नेता र नेतृत्व भन्ने भावना भन्दा पनि देशलाई केन्द्रमा राखि सोच्नु पर्ने कठिन चौरस्तामा हामि पुगेका छौ ।

जय गाेरखकालि!!!


नागी बिक्रम चन्द 
काठमाडौँ