जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा


जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

एजेन्सी ।  जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । 

पत्रकार सम्मेलनमा उनले भने ‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन । त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’

आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए । उनको राजीनामासँगै अब जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसो आबेको बाँकी कार्यकालका लागि आबेको भूमिकामा आउन सक्ने सम्भावना छ ।

साथै चिफ क्याबिनेट सेक्रेटरी योसिहिडे सुगाको पनि सम्भावना छ । अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।