महत्व (Motivational Story) एकपटक पढाैं र मनन गराैं ।


महत्व (Motivational Story) एकपटक पढाैं र मनन गराैं ।

एक जना वृद्ध मानिस समुन्द्रकाे तटमा हिडिरहेका थिए। समुद्रकाे किनार भरि STAR FISH सुनाैला माछाहरू उफ्रिरहेका थिए । उक्त बृद्ध मानिसले एक जना युवक समुद्रि तटमा उफ्रिरहेका ती सुनाैला माछाहरूलाई किनाराबाट समुद्रकाे छालमा फ्याकिरहेकाे थियाे । 

उक्त बृद्ध मानिस त्याे युवककाे नजिक पुग्याे र सोध्यो “बाबु  याे के गर्दै छाैं ?”

त्याे युवाले भन्याे “बुवा यी समुद्रि तटमा आएका माछाहरू जब घाम लाग्नेछ तब मर्नेछन् त्यसैैले यिनीहरूलाइ पुनः समुद्रमा फ्याक्दैछु  

याे सुनेर बृद्धले भन्याे “यी STAR FISH ‘सुनाैला माछा’हरू त हजाराै किलाेमिटर टाढासम्म यसै गरी समुद्रि छालसँगै तटमा आउँदछन्, तिमी कतिलाइ यसरी फ्याक्न सक्छाैं ?
याे त मुर्खता मात्र हाे, यसरि तिमीले केहि माछाहरुको उद्दार गरेर  कुनै फरक पर्दैन।”

ति युवाले जवाफ दिए- “मैले गरेको सानो काम त्याे एक माछाका लागि महत्वपुर्ण छ जुन समुद्रमा फेरी फर्केर जीवित हुनेछन ।” 


यो महत्वपुर्ण होइन कि तपाईले गरेको काम सम्पूर्णलाई फाइदाजनक होस, तर तपाईको कामले कुनै एकलाई मात्र फाइदा पुग्छ भने पनि त्यो उपलब्धि मुलक हुन्छ र केहि अर्थपुर्ण पक्कै हुनेछ ।


अनुवादः लेखापढी


तपाइका सिर्जना, अनुभव र विचार हामीलाइ लेखी पठाउने ठेगानाःlekhapadhee@gmail.com