अमेरिकी सरकारद्वारा काेराेना विरूद्ध प्लाज्मा थेरापी उपचार पद्धति स्वीकृति (के हाे प्लाज्मा थेरापी)


अमेरिकी सरकारद्वारा काेराेना विरूद्ध प्लाज्मा थेरापी उपचार पद्धति स्वीकृति (के हाे प्लाज्मा थेरापी)

एजेन्सी, ८ भदाै ।  अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमितहरुको आपतकालीन उपचारका लागि प्लाज्मा थेरापी गर्ने स्वीकृति दिएको जनाएका छन् र  प्लाज्मा (रगत) दान गर्न समेत कोरोनाबाट निको भइसकेको स्वस्थ व्यक्तिहरूसँग अपिल पनि गरेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले गम्भीर अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी उपचार गर्न स्वीकृति दिएको बताएका हुन्। त्यहाँको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले प्लाज्मा थेरापीको स्वीकृति दिएको हो।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरूको उपचारका लागि ‘प्लाज्मा थेरापी’ सुरु गर्न प्रक्रिया थालेको छ 

के हाे प्लाज्मा थेरापी

कन्भलसेन्ट प्लाज्मा थेरापी(Convalescent Plasma Therapy) के हाे ? संक्षिप्त जानकारी !