युरोपियन च्याम्पियन्स लिगको उपाधि Bayern Munich ले हात पार्यो


युरोपियन च्याम्पियन्स लिगको उपाधि  Bayern Munich ले हात पार्यो

एजेंसी | जर्मन क्लब वायर्न म्युनिखले फुटबल खेल अन्तर्गतको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

वायर्नको तर्फबाट जोसुआ किमिचले उपलब्ध गराएको पासमा किङ्गस्ले कोम्यानले खेलको ५९ मिनेटमा हेड गोल गरेका थिए।

वायर्नले यो उपाधि संगै छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो भने पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो।

पिएसजीको अब्बल खेल रहेता पनि  केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले चमत्कार पुर्बक विफल पारेका थिए । 

कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएका थिए तर दर्शकलाई प्रवेश निषेध गरिएको थियो।

यस अघि छ पटक उपाधि जितेको लिभरपुलको कीर्तिमानी संग वायर्न बराबरीमा उभिन पुगेको छ । रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ। लिभरपुल तेस्रो स्थानमा रहेको थियो ।

 

वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जित्यो। जसमा वायर्नले ४३ गोल गर्‍यो। वायर्न च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पहिलो टिम बन्यो।

वायर्नले क्वार्टरफाइनलमा स्पेनिस महारथी बार्सिलोनाविरुद्ध हात पारेको ८-२ को जित चर्चित रह्यो। समूह चरणको दुई लेगमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ को दुई लेगमा अर्को इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो।
https://lekhapadhi.com/2020/08/23/champions-league-final-psg-vs-bayern-munich/?fbclid=IwAR0jQ9RIquT1YRL4mKbD44kGdqwXXqxSOsjlMXP3P977lzKQSGrhxiz2iXs