उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म खोल्न दिने निर्णय
काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।
यसै गरी उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि समेत बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा ‘अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने’ लेखिएको छ ।