च्याम्पियन्स लिग फाइनलःबायर्न म्युनिख VS पीएसजीः कसले मार्ला बाजी ? 


च्याम्पियन्स लिग फाइनलःबायर्न म्युनिख VS पीएसजीः कसले मार्ला बाजी ? 

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति नेपाली समय अनुसार  राति पौने १ बजे (१२ः४५) मा सुरु हुँदैछ ।

आजको फाइनल खेल जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।

पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो । यसै गरि पीएसजी भने मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

बायर्न र पीएसजी बीचको खेललाई धेरैले प्रतिक्षा गरेका छन् । विश्वकै उत्कृष्ट अट्याक भएको दुई क्लबबीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । पीएसजीमा नेमार युवा स्टार केलियन एमबाप्पे जस्ता अट्याकिङ लाइनअप छ । उनीहरुलाई एन्जल डि मारियाले साथ दिनेछन् ।

उता आफ्नो करियरकै उत्कृष्ट फर्ममा रहेका बायर्नमा गोलमेसिन रोवर्ट लेवान्डवस्की पीएसजीका लागि चुनौती बन्न सक्छ । सर्जी नाब्री र थोमस मुलर जस्ता खेलाडी उत्कृष्ट फर्ममा छन् । गोलकिपरमा मानुएल नोएको प्रदर्शन उत्कृष्ट छ । एजेन्सी