काेराेना छ, बाहिर नजाउ (गजल)


लेखक : लेखापढी      ६ भाद्र २०७७, शनिबार ११:३१ मा प्रकाशित     
काेराेना छ, बाहिर नजाउ (गजल)

कोरोना छ, बाहिर नजाऊ भनेकै हो मैले ।
मास्क, स्यानिटाईजर लगाऊ भनेकै हो मैले ।।

विचार गर, पाइलैपिच्छे, संक्रमणको डर छ,
घरमै बसी, पर्व मनाऊ, भनेकै हो मैले ।।

रहर कसलाई हुँदैन र, बाहिर डुल्ने खेल्ने,
घरमै बस्ने, रहर बनाऊ, भनेकै हो मैले ।।

जति बिन्ती, सुनेपनी, भेट्न आउन सकिएन,
भो भो तिमी, पनि नआऊ, भनेकै हो मैले ।।

मुटुभित्र तिम्रै, नाम लेखि बस्यो यो अंकुर,
सके जति, माया जगाउ, भनेकै हो मैले ।।


अंकुर चन्द
कञ्चनपुर