अछाममा बाढीः ६ जनाको शव भेटियो, १५ जना बेपत्ता


अछाममा बाढीः ६ जनाको शव भेटियो, १५ जना बेपत्ता

 भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा कैलाशखोलाले बगाएका वेपत्तामध्ये ६ जनाको शव भेटिएको छ। योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १५ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

गएराति परेको अबिरल बर्षापछि आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो।

बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

फाेटाेः दिनेश खबर