चुच्चे नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो)काे विषयमा मिश्रित प्रतिक्रिया


चुच्चे नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो)काे विषयमा मिश्रित प्रतिक्रिया

काठमाडौँ  । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो)  संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन्। 

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको संसद सचिवालयले जनाएको छ । प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले बताए ।

 

प्रतिक्रिया 

पछिल्लाे समय चुच्चे नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) काे विषयमा मिश्रित प्रतिक्रिया सँगै भाइरल भइरहेकाे छ । 

१. सघीय संसद भएकाेमा संघीय हुनु पर्ने विभिन्न प्रतिक्रिया अाएकाे छ । 
२. नेपालकाे झण्डामा चन्द्र सूर्य राम्राे सँग प्रष्ट नदेखिएकाे 
३. झण्डामा पोतिएको रङ र चुच्चो भने बिजोगै देखिने रहेछ ।
४. विशेषतः लाेगाेकाे उत्कृषता नभएकाे ।