काठमाडाैं उपत्यकामा थप ११९ सहित थप ५९४ जनामा कोरोना संक्रमित, मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जना सहित देशभर ५९४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेवर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ। एजेन्सी