बलिउड सेनेमा ‘सडक २’ ट्रेलर रिलिज


बलिउड सेनेमा ‘सडक २’ ट्रेलर रिलिज

जय दत्त, पूजा भट्ट, अलिया भट्ट र आदित्य रोय कपूर स्टारर अभिनित फिल्म  ‘सडक २’को ट्रेलर रिलिज भएको छ । यो सिनेमाबाट २० वर्षपछि महेश भट्टले निर्देशनमा कमब्याक गरेका छन् ।

महेशकै १९९१ को हिट सिनेमा ‘सडक’सँग सम्वन्धित ‘सडक २’ले संजय दत्तको क्यारेक्टरलाई आत्मसाथ गरेको छ । कथामा पूजा भट्टको निधन पश्चात संजय उनकै यादमा डुबिरहेका छन् । उनले सबै कामकाज बन्द गरेर बसेका छन् । त्यसपछि कथामा आलियाको इन्ट्री हुन्छ । आलिया फेक गुरुहरुको भण्डाफोर गर्न कैलाश जान चाहन्छिन । पूजाले आलियाको कैलाश यात्राको बुकिङ गराएकाले संजय जान तयार हुन्छन । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

बाटोमा आलियाका प्रेमी आदित्य रोय कपूर पनि यात्रामा जोडिन्छन । केहि साधु अलियाको ज्यान लिन पछाडी लाग्छन । त्यसपछि संजय आफ्नो कर्तव्य पुरा गर्न आलियाको निम्ति फाइट गर्छन । ट्रेलरमा देखिने कथा यति नै हो ।

ट्रेलर रिलिजपछि केहि फरक शैलीको नौलो कथाको सिनेमाले पक्कै दर्शकलाई रमाइलो प्रदान अर्नेछ | २८ अगस्तमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन् लागेको ‘सडक २’ले दर्शको मन कति जित्ला त्यो हेर्न बाकि छ |
https://youtu.be/Iot0eF6EoNA