डोटी बस दुर्घटनाः मृतक तीनै जनाको सनाखत, १२ जना गम्भीर


डोटी बस दुर्घटनाः मृतक तीनै जनाको सनाखत, १२ जना गम्भीर

धनगढीः डोटीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ भने दुर्घटनामा परी घाईते भएका २९ जना मध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ भने चालक पनि सामान्य घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउँद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकारा विक र साफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए ।

मृतकहरूकाे शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। 

घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएका ३२ जना यात्रु सवार ना ६ ख २५२९ नम्बरको बस आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौटमा दुर्घटनामा परेको थियो। बस सडकबाट झण्डै ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन्।

साभारः दिनेश खबर