धेरै पहिलेको कुरा हो, म सानो थिए । हाम्रो घर नजिकै केहि पर एक गरिब परिवार बस्थे ।
एक दिन मेरो हजुरआमा ति छिमेकीको घरमा गएर नुन पैचो माग्दै गरेको देखे । म आश्चर्य परे !! किनभने हाम्रो घरमा नुन छँदै थियो ।
तर पनि हजुरआमा त्यहाँ गएर नुन माग्दै हुनुहुन्थ्यो…. केहि बेरमा नुन लिएर घरमा फर्किनु भयो ।
मैले हजुरआमा सँग सोधे- हामी सँग नुन छदै छ तर पनि किन नुन माग्न जानुभयो ।
हिजो खाना नपुगेर आफ्ना नानीहरुलाई अलि-अलि खुवाएर आफु भोकै सुतेका रहेछन । सधै माग्न अप्ठ्यारो माने होलान ।
बिचरा धेरै गरिब छन र केहि दिन देखिको अविरल बर्षाले बाहिर काम पाएका छैनन ।
हामी संग नुन नभएर नुन माग्न गएकी होइन ।
“मैले नुन माग्दा हामीलाई पनि उनीहरुको सहयोग चाहिन्छ भन्ने महसुस गराउन खोजेको हो, ताकी हामिसँग भएको हरेक कुरा निर्धक्क माग्न सकुन, आफ्नो दु:ख निर्धक्क भन्न सकुन ।” सधै उनीहरुलाई माग्न अप्ठ्यारो नलागोस भनेर नै म पनि माग्न गएकी हुँ |
~ डी. चन्द ठकुरी
बेदकोट-३
सुदुरपस्चिम नेपाल
तपाईहरुका प्रतिभा एवम् रचना हामीलाई लेखी पठाउने ठेगाना: lekhapadhee@gmail.com
निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !
निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !
समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)
निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !
समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)
बहुमुल्य जीवन (एकपटक सबैले पढाैं)
निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !