राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा ६ सदस्य मनोनीत


राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा ६ सदस्य मनोनीत

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल विज्ञ, प्रशिक्षक, प्राविधिक र एन्टिडोपिङ विज्ञका रूपमा ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन्।

मन्त्री विश्वकर्माले खेल विज्ञ र प्राविधिकका रूपमा रिम रानाभाट र इन्दिरा निरौलालाई मनोनयन गरेका छन्। दुवै जना मन्त्रालयद्वारा गठन गरिएको सदस्यसचिव सिफारिस समितिका सदस्य रहेका थिए। रानाभाट परिषद्का पूर्वकर्मचारी हुन् भने निरौला यसअघि पनि राखेप बोर्ड सदस्य थिइन्।

यसैगरी राष्ट्रिय खेल संघबाट सिफारिस गरिएकामध्ये अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ। राखेपका पूर्व बोर्ड सदस्यसमेत रहेका केसी नेपाल बक्सिङ संघका उपाध्यक्ष हुन्। यस्तै सम्पन्न नेपाल मुवा थाई संघका कोषाध्यक्ष हुन् भने सुवास नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।

यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रूपमा गोविन्द्रप्रसाद भट्टराई मनोनीत भएका छन्। उनी उच्च पर्वतीय खेलकुद महासंघका अध्यक्षसमेत हुन्।

मन्त्रालयले यसअघि नै उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ। खेलकुद विकास ऐन २०७७ अनुसार राखेप बोर्ड ३७ सदस्यीय हुनेछ। बोर्डको अध्यक्ष खेलकुदमन्त्री रहनेछन्।

अन्नपुर्णा