जान्नुहोस् रातमा किन सुगा मिठो गाउँन थाल्याे


जान्नुहोस् रातमा किन सुगा मिठो गाउँन थाल्याे

एक मिठुराम सुगा थियो। त्यो एउटा पिजडा नैं मिठुरामको घर र उसको संसार थियो। मिठुरामको आवाज निकै मिठाे थियो तर त्याे सुगा राती मात्र गाउँदथ्याे ।

एक रात, जब मिठुराम गाउँदै थियाे, त्यहाँबाट एक चमेराे बाहिर आयो । चमेराेले यति मिठाे र सुरिलाे स्वरमा कसले गाइरहेकाे छ भनि हेर्न गयाे कि मिठुरामको आवाज एकदम मीठो छ, त्यसैले उसले सोध्यो किन तपाईंको आवाज यति मीठो छ, तिमी किन राती मात्र गीत गाउछौ ?

मिठुरामले भनयाे “जब एक दिन म जंगलमा गाउँदै थिएँ, तब एक शिकारी त्यही बाटाे भएर जाँदै थियाे उसले मेरो सुरिलाे स्वर सुन्याे र उसले मलाई समात्यो । त्यसबेलादेखि म यस खोरमा कैद छुँ।

यो बताइसकेपछि मिठुरामले भने कि त्यस दिनदेखि मैले सिकेको छु कि दिनमा गीत गाउँदा समस्या उत्पन्न हुन सक्छ र त्यसैले म अहिले राती मात्र गाउँछु । यो सुनेर, चमेराेले मिठुरामलाइ भन्याे “मित्र, याे कुरा त तपाईंले समात्नु अघि यो सोच्नु पर्छ।”

यो पनि साँचो हो कि धेरै चोटि हामी केही गल्तीहरू गरे पछि मात्र सिक्दछाैं । तर सिक्नको लागि प्रत्येक पटक गल्ती गर्नु आवश्यक छैन ।

धेरै चोटि हामी गल्ती गर्नबाट बच्न सक्छौं र कुनै पनि काम गर्नु अघि सावधानी अपनाएर नोक्सानबाट पनि बच्न सक्छौं । त्यसैले याद गर्नुहोस् कि बुद्धिमानी त्याे हाे जसले विचारपूर्वक काम गर्दछ।