शिक्षक: एक दियो, नगरौ शोषण !


शिक्षक: एक दियो, नगरौ शोषण !
पढाउँदा पढाउँदै मनमा बिचार आयो।
सबैभन्दा बढि शोषित बर्ग शिक्षक नै पाईयो।।
शिक्षण पेशामा इज्जत छ सबै भन्ने गर्छन।
वास्तवमा भन्ने हो भने बेइज्जती कम छैन।।
 
सबैभन्दा बढि शोषण निजि विद्यालयहरुले गर्छन।
वौद्धिक शोषणको सिकार शिक्षकहरु भएका छन।।
शिक्षकलाई दिनभरी नै काममा पेलेर लगाइन्छ।
तै पनि एकदमै न्युन ज्याला र सुविधा मात्र पाइन्छ।।
 
गुरु त्रिदेव हुन भन्ने कुरा भनाइमा मात्र सिमित भयो।
शिक्षक अधिकार शिक्षा माफियाबाट कुण्ठित भयो।।
लाचार शिक्षकको कुरा सुनि दिने छैनन कोहि।
सम्पन्न छन त्यहि मात्र गर्छन चाप्लुसी जोहि।।
 
शिक्षकहरु पनि कहाँ छन सबै जना इमान्दार ।
सरकारी विद्यालयमा तलब पकाउँछन इयार।।
इमान्दारिता सिकाउने व्यक्ति नै छ बेइमान।
यस्तो व्यक्तिको कहाँ हाम्रो समाजमा छ मान ।।
 
तर सबैलाई एउटै नजरले कृपया हेर्ने नगरौँ।
असल शिक्षकको पहिचान आजैबाट गरौँ।।
शिक्षकको पनि दु:ख , कष्ट र पिडा बुझौँ।

शिक्षा लिउँ तर शिक्षकको शोषण नगरौँ ।।



रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा
राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा
 ९८६५३३८६६८///९८०७१६९०२९

यो पनि पढ़नुस:
डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी
निरन्तर प्रयास नै सफलता हो
– कसरी सफल भइन्छ, पढ्ने हाे की !

समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)


“Thank you for your valuable time”
www.lekhapadhee.com
हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com