रातमा कुकुर किन धेरै भुक्ने गर्छ ? थाहा पाउनुस


रातमा कुकुर किन धेरै भुक्ने गर्छ ? थाहा पाउनुस

कुकुरको सुघ्ने शक्ति धेरै हुने गर्दछ। कुकुरले करिब २ लाख भन्दा बढि सामान्य गन्ध पनि थाहा पाउने गर्छ, कुकुरमा यो सबै गन्ध आफ्नो दिमागमा राख्न सक्ने अनौठो गुण हुन्छ । जसका कारण विभिन्न अपराधिक गतिबिधि अनुसन्धान गर्न बिशेषज्ञहरुले कुकुरको प्रयोग गर्ने गरेका हुन्छन ।  
कुकुरहरु रातको समयमा अत्यधिक भुक्ने गरेको हामीले सुनेका छौ । रातको समयमा सुनसान हुन्छ र कुकुरले टाढा रहेको गन्ध आवाज थाहा पाउने गर्छ । 

एक बैज्ञानिक कारण पनि रहेको छ – दिनको समयमा सुर्यको तापका कारण वातावरण तातेको हुन्छ । जसकारण हरेक प्राणीहरुबाट निस्किने पसिनाको गन्ध तातेर बाष्पिकरण हुने गर्दछ र हराउछ तर रातको समयमा निस्किने पसिनाको गन्ध बाष्पिकरण हुन पाउदैन जसका कारण राति कुकुर यताउति हिड्दा उक्त गन्ध थाहा पाउछ, शान्त वातावरणमा कुकुर चनाखो भएको हुन्छ । वरिपरि बिरालो, सर्प वा अन्य स- साना प्राणि हिडेको थाहा पाउदा भुक्ने गर्दछ ।



by- D. Chand Thakuri


“Thank you for your valuable time”
www.lekhapadhee.com
हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com