६ श्रष्टालाइ नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार प्रदान


६ श्रष्टालाइ नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार प्रदान

संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित हुनेमा परम्परागत तथा शास्त्रिय सङ्गीत विधामा वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणीदेवी प्रधान रहेका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ सङ्गीत, नाटक तथा नृत्य विधाका छ जना वरिष्ठ साधकहरुलाई प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहबीच संस्कृति मन्त्री योगेश भट्टराईले पुरस्कार समर्पण गरेका हुन । 

संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित हुनुहुनेमा परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणीदेवी प्रधान रहेका छन् । मन्त्री भट्टराईले पुरस्कृत व्यक्तित्वहरुलाई जनही १ लाख १ रुपैँया र ताम्रपत्रद्वारा सम्मान गर्नु भएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले कार्यक्रममा प्रमुख अतिथि, पुरस्कृत स्रष्टाहरु लगायत उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्नुहुँदै देशको प्रगति सडक, पुल लगायतका संरचनाहरुले मात्र निर्धारण हुने नभई आमजनमानसको संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने उल्लेख गर्नु भयो ।  नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा उल्लेखनीय योगदानको कदर स्वरुप श्रष्टाहरुलाई सम्मान गर्न लागिएको बताउनु भयो ।

मन्त्री भट्टराईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै सङ्गीत तथा नाट्य क्षेत्रमा अविस्मरणीय योगदान पुर्याउनु हुने स्रष्टाहरुलाई सम्मानका लागि छनौट गरेकामा प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै भव्य रुपमा आयोजना हुनुपर्ने कार्यक्रम माहामारी कोभिड–१९ का कारण थोरै व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनु भयो । नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण र उन्नयनमा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक क्रियाकलापहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदैैव सहयोगी भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्ने क्रममा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संबद्र्धन तथा उन्नयनमा आफ्ना् जीवनको लामो समय योगदान दिनुभएका व्यक्तित्वहरुलाइ नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुुरस्कार अर्पण गर्न पाउँदा समस्त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिवार हर्षित भएको बताउनु भयो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले राष्ट्रिय जीवनका अन्य पेशा व्यवसायीहरु जस्तै बेरोजगार र आर्थिक संकटमा नेपाली कलाकारहरु पनि परेको उल्लेख गर्नुभयो ।


लेखापढी