नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित


नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाडाैं, असार २४ । आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ।

पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो।

पार्टीमा टकराव चर्किदै गएपछि पार्टी एकता भाँडिन नहुने र फुटको बाटोमा जान नहुने आवाज उठेपछि केही दिन यता प्रचण्ड र ओली ‘वान टु वान’ छलफल गरिरहेका छन्।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।