१४३ वर्षकाे इतिहासमा पहिलाे पटक बिना दर्शक टेस्ट क्रिकेट हुँदैः काेराेनापछि खेल सुरू हुँदै, इङ्ल्याण्ड र वेस्ट इन्डिज भिड्दैं


१४३ वर्षकाे इतिहासमा पहिलाे पटक बिना दर्शक टेस्ट क्रिकेट हुँदैः काेराेनापछि खेल सुरू हुँदै, इङ्ल्याण्ड र वेस्ट इन्डिज भिड्दैं

एजेन्सी । कोरोना भाइरसको महामारीको कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट आजबाट पुनः सुचारु हुँदैछ । टेस्टको १ सय ४३ वर्षको इतिहासमा फरक टेस्ट हुनेछ । दुवै टिमलाई साउथह्याम्पटनको एजेस बाउलसँगै जोडिएको होटलमा बस्ने व्यवस्था छ । दोस्रो र तेस्रो टेस्ट म्यानचेस्टरमा हुनेछ ।

१ सय १६ दिनको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा बुधबारदेखि फर्किदैछ। बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिजले तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्ट खेल्दैछन्।

कोरोना भाइरसका कारण गत मार्चदेखि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डबीच गत मार्च १३ भएको प्रतिस्पर्धा नै कोरोना भाइरसअघिको अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। सो एकदिवसीय सिरिजको दुई खेल बाँकी छदा कोरोनाभाइरस कारण सिरिज रद्द गरिएको थियो।

झण्डै चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नलाई वेस्ट इन्डिज टिम एक महिनअघि इंग्ल्यान्ड पुगेको थियो। त्यहाँ पुग्नुअघि सबै खेलाडीको कोरोनाको टेस्ट गरिएको थियो भने त्यहाँ पुगेर पनि खेलाडीहरु क्वारेन्टिमा बसेका थिए।

इंग्ल्यान्ड पहिलो पटक बेन स्टोक्सको कप्तानीमा मैदान उत्रने छ । वेष्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्ने छन् । दुई टिमबीच तीन खेलको टेष्ट सिरिज हुनेछ । एजेन्सी