‘इनफ इज इनफ’का अभियन्तासँग सरकारकाे १२ बुँदे सहमतिः तोडियो अनसन


‘इनफ इज इनफ’का अभियन्तासँग सरकारकाे १२ बुँदे सहमतिः तोडियो अनसन

काठमाडौँ, २३ असार । सरकारसँग  पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका  ‘इनफ इज इनफ’ अभियन्ताहरूले सरकारसँग १२ बुँदे सहमति गर्दै ‘अनसन’ पनि स्थगित गरेका छन् । 

कोरोना भाइरसको महामारीकाे समयमा सरकारका कदम प्रभावहीन भएकाे, सरकार नागरिककाे स्वास्थ्यप्रति गम्भीर नभएकाे लगायत विषय लिएर सडकमा उत्रिएकाे युवाहरुको स्वतःस्फूर्त अभियान ‘इनफ इज इनफ’ सत्याग्रही इशान अधिकारी (इ) सहितका युवाले अनशन तोडेका हुन् ।

साेमबार सरकारसँग सत्याग्रही युवाहरूले विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छाअनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सहमति भएको जनाइएकाे छ । साथै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएकाहरू) को राज्यको नीतिअनुसार नै पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्ता दिनभित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टाइनहरू र होल्ङ्गि सेन्टरकाे उचित व्यवस्थापन गर्नेलगायत सहमति भएकाे छ । एजेन्सी