पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मदिन । यसरि मनाइयाे (भिडियाे)


पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मदिन । यसरि मनाइयाे (भिडियाे)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटलाई मध्यनजर गर्दै पूर्वराजा ज्ञानेन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै यो वर्षको जन्मदिन नमनाउने बताएका पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन सर्वसाधारणले भने मनाएका छन् । 

राष्टिय सराेकार मञ्चले देशभर विभिन्न कार्यक्रम गरि पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन धुमधामसँग मनाएकाे छ । राष्ट्रिय सरोकार मञ्च नेपालको सुदूर पश्चिमाञ्चल क्षेत्रका संयोजक तथा कर्मनिष्ठ अभियन्ता डब्बु रवीन्द्र कार्कीकाे संलग्नतामा राष्ट्रवादी नागरिक समाजले धनगढीमा कार्यक्रम गर्दै जन्मदिन मनाएकाे छ । 

लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको थियो ।