आज दलाई लामाकाे ८५ औंं जन्मदिन


आज दलाई लामाकाे ८५ औंं जन्मदिन

दलाई लामा आज ८५ वर्ष पुगेका छन् । वास्तविक नाम तेन्जिङ ग्यात्सो रहेका उनी दलाई लामाका १४ औँ अवतार हुन् ।

उनको जन्म ६ जुलाई, १९३५को उत्तर (पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो। दुइ वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३ औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गरियो ।  दलाई लामा एक मंगोलियाई पदवी हो जसको मतलब हुन्छ ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन्।

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला हो ।

निर्वासनमा बसेर पनि विभिन्न देश घुमिरहने उनी पृथ्वीका ख्यातिप्राप्त व्यक्तिहरूमा पर्छन्। ख्यातिप्राप्त व्यक्तित्व अर्थात् सेलिब्रिटीहरूको पूजा गरिने अहिलेको समयमा दलाई लामा विश्वमा अहिले आध्यात्मिक सुपरस्टार नै मानिन्छन्।

पचासी वर्ष पुग्नै लाग्दा दशौँ लाख मानिससँग हात मिलाएका र थुप्रै प्रेरणादायी अभिव्यक्ति दिएका दलाई लामा स्वत:स्फुर्त र कहिलेकाहीँ स्तब्ध तुल्याइदिने बनिदिन्छन्।