महेन्द्रनगरमा पृथ्वीनारायण शाहको शालिक अनावरण


महेन्द्रनगरमा पृथ्वीनारायण शाहको शालिक अनावरण

कञ्चनपुर ,अषाढ २१ । कञ्चनपुरको सदमुकाम महेन्द्रनगर छेउमै अवस्थित नेपाली सेनाको श्री नंं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको छ । आइतबार सेनाले बाहिनीको १६ औं बार्षिकोत्सवकोे अवसरमा कार्यालय भवन प्रवेश गर्ने मुल गेटको छेउमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको हो ।

निर्माण गरिएको शाहको पुर्ण कदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मल कुमार थापाले अनावरण गरेका हुन्। शालिक अनावरण कार्यक्रममा बोल्दै श्री नं. २५ बाहिनीका बाहिनीपति सहायकरथी शंकर बहादुर पण्डितले देशको एकिकरण, स्वाभीमानको सुदृढिकरण, सबै किसिमका संकटहरुको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सबलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताउनुभयो ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताए ।

कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, उपप्रमुख सुशीला सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सैनिक अधिकृत तथा समाजसेवीको सहभागिता रहेको थियो ।-रासस