चन्द्रागिरि हिल्स लिमिटेडले IPO जारी गर्दै


चन्द्रागिरि हिल्स लिमिटेडले IPO जारी गर्दै

काठमाडौँ । लकडाउनका कारण सम्पूर्ण ब्यापार- ब्यबसाय ठप्प रहेको समयमा चन्द्रागिरि केवलकार समेत बन्द रहेको छ । सरकारले अनुमति दिए सामाजिक दुरी साथै स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउदै संचालन गर्ने योजना रहेको छ । 

विश्वभर कोभिड -१९ का कारण आर्थिक मन्दी चलिरहेको भएता पनि चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बिच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । कम्पनीले सर्वसधारण तथा चन्द्रागिरी नगरपालिकाका स्थानीयहरुलाई १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर जारी गर्ने भएको हो । 
कुल रकम १८ करोड ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

सम्झौता प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन। उपत्यकाका नजिकको पर्यटकीय गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरी पछिल्लो समय सर्वसाधारणको फुर्सदिलो पारिवारिक समय बिताउने रमणीय गन्तब्य स्थल बनेको छ ।