विगत २४ घण्टामा २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण, दुई जनाको मृत्यु


विगत २४ घण्टामा २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण, दुई जनाको मृत्यु

नेपालमा शनिवार थप २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेहरूमा गोर्खाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुष रहेका छन्।

 मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाए । 

मृतक को-को हुन्?

कतारबाट असार १७ गते नेपाल फर्केका गोर्खाको पालुङ्टार नगरपालिकाका ४४ वर्षीय पुरुषको गोर्खा अस्पतालको आइसोलेशनमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो।

उनी फर्केपछि क्वारन्टीनमा बसेका र १८ गतेको परीक्षणमा सङ्क्रमित देखिएपछि आइसोलेशनमा रहेको डा. गौतमले बताए।

उनी दीर्घरोगी रहेको पनि डा. गौतमले जानकारी दिए।

त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा मृत्युपछि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

असार १४ गते शिक्षण अस्पतालमा भर्ना भएका क्षयरोगीको असार १७ गते मृत्यु भएको डा. गौतमले बताए।