धेरै वर्ष अघिको कुरा हो, एक जना राजालाई उहाको बिदेशी मित्रले उपहार स्वरूप ठुलो चम्किलो पत्थर दिनु भएको थियो ।
ती राजा भगवान शिवका भक्त थिए र उक्त उपहार पाएको पत्थरको एउटा शिब मुर्ती बनाएर मन्दिरमा राख्ने योजना बनाउनु भयो । राजाको योजना बमोजिम एक जना मन्त्रीलाइ राम्रो मूर्तिकार खोज्न लागाइयो ।
ती मन्त्रिले राज्यमा भएको एक जना राम्रो मुर्तिकारलाई दरबारमा बोलाएर उक्त पत्थरबाट भगवान शिवको मुर्ति बनाउँन जिम्मा दिए । मुर्ति बनाए बाफत राजाले अमुल्य उपहार दिने निर्णय गर्नु भएको थियो ।
मूर्तिकार खुशी भएर पत्थरको मुर्ति बनाउन सबै सामान लिएर आयो । मुर्ति बनाउन सुरु गर्यो र हातमा रहेको हथौडा, फलामको छिनोले पत्थर तोड्न खोज्यो तर सकेन । हथौडाले जति जोरले हान्दा पनि पत्थर फुटेन। पत्थर नफुटि मुर्ति बनाउन सकिने कुरा पनि भएन ।
हथौडाले ५ पटक प्रहार गर्यो फुटेन, १०, १५, २० पटक गर्दै हान्दा पनि फुटेन । मूर्तिकार थकित भयो, अन्तिम ४९ पटक पत्थरमा हान्यो फुटेन ।
४९ पटक हथौडा हान्दा त फुटेन अब १ पटकमा के फुट्ला भन्ने सोचेर मन्त्रीसंग आफुले मुर्ति बनाउन नसक्ने भन्दै माफी मागी बिदा भयो ।
राजाले मुर्ति तयार पार्न दिएको समय कम थियो । मन्त्रीले फेरी अर्को नयाँँ मूर्तिकार खोज्यो र मुर्ति कोर्न लगायो ।
उक्त नयाँँ मूर्तिकार ले केवल एक पटक मै पत्थर तोड्यो ।
मन्त्री आस्चर्य चकित भयो । पहिलेको मूर्तिकारले त्यति धेरै पटक प्रयास गर्दा पनि नफुटेको पत्थर कसरि अहिले एक पटक मै फुट्यो ?
नयाँँ मुर्तिकारले राजाले भने बमोजिम समयमै भगवान शिवको सुन्दर मुर्ति बनायो र मनग्य उपहार पायो ।
हाम्रो जीवनमा कहिलेकाही यस्तै गार्हो परिस्थिति आउने गर्छन । हामीले प्रयास गर्दै जान्छौ तर अन्तिममा हार मानेर छोड्ने गर्छौ तर हरेक कुराको निरन्तर प्रयास नै सफलता हो ।
पहिलेको मुर्तिकारले धेरै पटक पत्थर तोड्ने प्रयास गर्यो तर अन्तिममा हार मान्दै छोड्यो । यदि अझ अन्तिम एक पटक प्रयास गरेको भए राजा बाट मनग्य उपहार पाउने थियो । सुरुमा धेरै पटक हथौडाको चोटले कमजोर भएको पत्थर नयाँ मुर्तिकारले एकपटकमै तोड्न सक्यो ।
हरेक कुराको निरन्तर प्रयास नै सफलता हो ।
from- D. Chand Thakuri
“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:- lekhapadhee@gmail.com