राष्ट्रिय हकी कोच नर ब. चन्द दुर्घटना परि घाइते


राष्ट्रिय हकी कोच नर ब. चन्द दुर्घटना परि घाइते

नेपाल राष्ट्रिय तथा अंतराष्ट्रिय हकी कोच नर बहादुर चन्द केहि दिन अघि मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको छ । 

कार्यालयबाट घर जाने क्रममा भिमदत्त नगरपालिका महेन्द्रनगर, कंचनपुर स्थित भगतपुर आर्मी ब्यारेक नजिक आफ्नै मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते हुनु भएको हो । दुर्घटनामा टाउकोमा चोट लागेको कारण  स्थानीय अस्पतालमा उपचार हुन नसक्दा नेपालगंज रिफर गरिएको थियो । 

चन्द एकदम अनुभबी कोच तथा अन्तररास्ट्रीय स्तरमा नेपाली हकी खेलाडीहरुको नेतृत्व गरि साफ खेलकुद साथै भारतमा बिभिन्न प्रतियोगितामा भाग लिईसकेका छन । 

कोच चन्दको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।