“एमाले” नामक नया पार्टी दर्ता- कसले गर्यो दर्ता ?


“एमाले” नामक नया पार्टी दर्ता- कसले गर्यो दर्ता ?

काठमाडौँ ।  तत्कालिन एमाले पार्टी र नेकपा बीच एकता भए संगै बिलिन भएको एमाले पार्टी फेरी दर्ता हुदै गरेको देखिन्छ । केहि दिन यता नेकपा भित्र अधक्ष्य द्वय प्रम ओली र प्रचण्ड बीच बढ्दै गएको तिक्तताका बीच एमाले नामक पार्टी दर्ताका लागि अघि बढ्नु सामान्य रुपमा लिन नसकिने एक जना नेताले विचार व्यक्त गर्नु भयो । 

असर १४ गतेको प्रम ओलीले भारत तथा भारतीय दुतावासले आफुलाई हटाउन लागिपरेको बताउनु भएको थियो । हिजो बसेको नेकपा स्थाई समिति बैठकमा प्रम ओलीको राजिनामा भारतले मागेको नभई आफुले मागेको प्रचण्डले बताउनु भएको छ । बर्तमान सरकार संचालनको जिम्मेवारीमा प्रम ओली असफल रहेको बताउदै प्रचण्ड तथा बरिस्ठ नेताहरु माधब कुमार नेपाल लगायत १८ जना नेताहरुले मंगलबार राजिनामा माग गरेका हुन । 

बैठकमा नेताहरुले बोल्ने क्रममा प्रम ओलीलाई प्रश्न गर्दै – एमाले पार्टी दर्ता कसले गराएको र कसको निर्देशनमा दर्ता हुन लागेको भनि सोधेका थिए । तर ओलीले यसबारेमा आफुलाई केहि जानकारी नभएको स्पस्ट पारेका छन ।

एमाले पार्टी दर्ता गर्ने महिला सन्ध्या तिवारी हुन भने उनको ठेगाना बिराटनगर रहेको छ । उक्त पार्टीको महासचिबमा जनकपुरका थर नखुलेका “मनिस” नाम रहेका व्यक्ति छन ।
निर्बाचन आयोगका प्रवक्ताका अनुसार सन्ध्या तिवारी सहित २१ जना पार्टी दर्ता गराउन निर्बाचन कार्यालय आएको जानकारी गराउनु भएको छ ।