कोरोना भाइरस नेपालःसोमबार थपिए कोरोनाका चार सय ७६ संक्रमित, संक्रमितको संख्या १३ हजार नाघ्यो


कोरोना भाइरस नेपालःसोमबार थपिए कोरोनाका चार सय ७६ संक्रमित, संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । 

तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा कोरोनाबाट एक जना युवकको मृत्यु भएको हो। रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । एजेन्सी