शुभदिनको कामना- लेखापढी संदेश


शुभदिनको कामना- लेखापढी संदेश

पौराणिक महाभारतको कथा अनुसार – एकपटक कौरबहरुले पन्च पाण्डबहरुलाई एउटा भोजको निम्ता दिए । उक्त निम्ता अनुसार आतिथ्य स्वीकार गर्दै पाण्डबहरु खुशि भएर,सभ्य पुर्बक भोजमा सामेल भए । 
खुब स्वागत, सत्कारपुर्बक भोज चल्यो। भोज पश्च्यात सबैले बिश्राम गरे । बिश्रामकै अबधिमा त्यहा जुवा खेल (कौडा ) को सुरुवात भयो । खेल्दै जादा पाण्डबहरु हार्दै गए । पाण्डबहरुले सारा राज्य हारे, धन- सम्पति हारे र अन्तमा द्रोपती समेत जुवामा हारे। ठुलो अपमान सहनु पर्यो ।

कथाको सार:- 
गलत बिचार, नकारात्मक बाटोमा लागेका जस्तोसुकै मित्र वा आफन्त हुन, ति बाट टाढा रहनु बेश । त्यस्ता व्यक्तिहरुको न आतिथ्य स्वीकार गर्नु पर्छ न त आमन्त्रण नै गर्नुपर्छ । मानिसको आचरण, ब्यबहार बुझेर अघि बढ्नुहोस । सहि सत्य र सकारात्मक समाजको परिकल्ना गरौ। 



“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-  lekhapadhee@gmail.com