नबिर्स तिमी सरकार


नबिर्स तिमी सरकार

अहिले सडक तिम्रै, आकाश  तिम्रै,
शितल निवास तिम्रै, सिंहदरबार तिम्रै !
खोर मा छन जनता नजरबन्दमा तिम्रै,
नबिर्स तिमी सरकार दुई तिहाई तिम्रै !!

खाडीमा नेपाली, विश्वभर नेपाली  तिम्रै,
रेमिट्यान्स दिने नेपाली सिंगो ढुकुटी तिम्रै !
पिर मा छन जनता, आँखा-कान बन्द तिम्रै,
नबिर्स तिमी सरकार दुई तिहाई  तिम्रै !!

नआउला फर्केर सधै यो दिन तिम्रै,
चित्कार सुनियोस जनता हुन तिम्रै !
पुर्कार्दैछन जनता ,आँखा-कान बन्द तिम्रै,
पश्चाताप नहोस भोलि, दुई तिहाई तिम्रै !!

खोर मा छन जनता नजरबन्दमा तिम्रै,
नबिर्स तिमी सरकार दुई तिहाई तिम्रै !!



डी. चन्द ठकुरी
d.chandthakuri67@gmail.com
बेदकोट नगरपालिका
कंचनपुर,सुदुरपस्चिम


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-  lekhapadhee@gmail.com