सानो कुराले पनि बढी पिडा हुन्छ (प्रेरणादायी कथा)


सानो कुराले पनि बढी पिडा हुन्छ (प्रेरणादायी कथा)

एकजना शिक्षक हातमा पानीको गिलास लिएर कक्षा कोठामा प्रवेश गरे । सधै हातमा चक- डस्टर, किताब हुन्थ्यो तर आज पानीको गिलास लिएर आएको देखि सबै जना अचम्म परे ।

शिक्षकले हातमा रहेको पानीको गिलास देखाउदै बिद्यार्थीहरुलाई सोधे – यो गिलासको तौल कति हुन सक्छ ?

एकजना विद्यार्थी भने १०० ग्राम,
अर्कोले भने २५० ग्राम,
त्यसै गरि अर्कोले भने ३०० ग्राम हुन सक्छ

शिक्षकले फेरी सोधे यदि मा यो गिलासलाइ हातमा यसरि समाती राख्दा के हुन्छ ? 

विद्यार्थीले भने केहि हुदैन ।

फेरी सोधे यदि एक घण्टासम्म यसरि हातमा समाती राख्दा के हुन्छ ?

एक जना विद्यार्थीले उत्तर दिए सर ‘तपाईको हात दुख्न थाल्छ ।’

फेरी सोधे ‘यदि एक दिनभरि यसरि हातमा समाति राख्दा के हुन् सक्छ?’

एकजनाले उत्तर दिए –“दुखाइका कारण हात सुन्न्निन सक्छ, हातमा नशाहरुमा दुखाई बढी हुनसक्छ । तपाइँ अस्पताल जानु पर्ने हुनसक्छ ।”

धेरै राम्रो उत्तर तर यो बीचमा गिलासको तौलमा परिबर्तन हुन्छ ?

सबैले उत्तर दिए- “हुदैन सर”

शिक्षकले सोधे – “यदि गिलासको तौलमा परिबर्तन हुदैन भने किन मेरो हात दुख्छ ? यो दुखाईबाट छुटकारा पाउन मैले के गर्नु पर्छ ?

विद्यार्थीले भने –“सर गिलास तल राख्नु पर्छ, धेरै बेर हातमा समाति राख्यो भने दुख्छ ।


अन्तमा शिक्षकले भने :-


जिवनमा आउने समस्याहरु पनि यस्तै हुन । अलि बेर सोच्दा केहि हुदैन तर धेरै लामो समयसम्म दिमागमा सोची राख्दा हाम्रो मस्तिस्कमा दुखाई हुन थाल्छ, कठिनाई उत्पन्न हुन्छ । समस्या उही र सानाे भएता पनि निरन्तर साेचाइका कारण विस्तारै तनाब हुन थाल्दछ । हाम्रो जीवनमा आउने हरेक चुनौति र समस्याहरु बारे सोच्नु पर्छ, चिन्तन गर्नु पर्छ तर निरन्तर दिमागलाई प्रेसर दिनु हुदैन । समय मिलाएर पढ्नु पर्छ, समयमै आराम गर्नुपर्छ, शारीरिक कसरत गर्नुपर्छ वा समय मिलाएर मनोरंजन पनि गर्नु पर्दछ । नत्र भने सानो-सानो हलुका लाग्ने कुराले पनि तनाब पैदा गर्छ ।



Story By-D. Chand Thakuri

“Thank you for your valuable time”
www.lekhapadhi.com
Please email us your creativity at:
lekhapadhimedia@gmail.com