के हाच्छिउँ गर्दा आखाँ बाहिर निस्किन्छ ? (हाच्छिउँबारे राेचक प्रसंग)


के हाच्छिउँ गर्दा आखाँ बाहिर निस्किन्छ ? (हाच्छिउँबारे राेचक प्रसंग)

हाच्छिउँ हाम्रो शरीरले सुरक्षार्थ अपनाउने एक प्रक्रिया हो । जसको मद्दतले हाम्रो शरीरले विभिन्न हानिकारक तत्वहरुलाई बाहिर फ्याक्ने काम गर्दछ । जस्तैः सरिर भित्र रहेका धुलोका कण, चुडिएर भित्र रहेका स–साना रौं हरु आदी । जब हामीलाई रुघा लाग्छ तब आवश्यकता भन्दा बढी हाच्छिउँ निरन्तर आइरहन्छ । रुघा लागेको बेला नाकको सुघ्न सक्ने क्षमता कम हुने गर्दछ, त्यस्तो बेला नाक सामान्य अवस्था भन्दा बढी संवेदनशील हुन्छ । त्यसैले थोरैपनि हानिकारक बस्तु नाकको सम्पर्कमा आउने वित्तिकै हाच्छिउँ आउँने गर्दछ ।

के हाच्छिउँ गर्दा आखाँ बाहिर निस्किन्छ ?

सन् २००० मा प्रकाशित एक स्वास्थ्य रिपोर्ट अनुसार विश्वमा ३० वटा केस देखिएका थिए ताकी हाच्छिउँ गर्दा आखाँ बाहिर निस्केको थियो । सामान्यतया हाच्छिउँ गर्दा आखाँ बन्द हुने भएकाले यस्तो एकदमै कम मात्रामा हुने गरेको छ ।

हाच्छिउँ रोक्ने प्रयासले ज्यान जान सक्छ ?

हो ! हाच्छिउँ आउन लागेको बेला नाक मुख बन्द गरि हाच्छिउँ रोक्ने प्रयासले ज्यान जान सक्छ । इंल्याण्डको लेस्टर शहरमा २४ बर्षे १ व्यक्तिको उपचारको क्रममा उक्त व्यक्तिले हाच्छिउँ रोक्ने प्रयासका कारण उसको घाँटीका कोसिकाहरु फाटेको थियो । यो Science जर्नलकाे एक रिपोर्टमा उक्त कुरा बताइएको थियो ।

नाक, मुख बन्द गरि हाच्छिउँ रोक्ने प्रयास गर्दा सामान्यतया कानमा असर पर्दछ र त्यसपछि मस्तिष्कका नसा फाटी मानिसको एक मिनेटमै ज्यान जान सक्छ ।

हाच्छिउँ सम्बन्धि केही रोचक प्रसगंहरू


  1. हाच्छिउँ गर्ने बेला जुन हावा हाम्रो नाकबाट आउँछ त्यस हावाको गति १५० कि.मि/hr देखि १६०/hr सम्म हुन्छ ।
  2. हाच्छिउँ गर्दा निस्कने किटाणुहहरु ९ मिटर अर्धब्यास क्षेत्रफल सम्म फैलिन्छ ।
  3. शरिको System re-start अथवा पुनः स्फूर्ती वा ताजगी ल्याउँदछ ।
  4. नाक भित्र रहेका विभिन्न फोहोरहरु एकै पटक हाच्छिउँ गर्दा ननिस्कने हुँदा २–३ पटकसम्म पनि हाच्छिउँ आउँदछ ।
  5. हाच्छिउँ आउँदा आँखा पूर्ण रुपमा बन्द हुन्छ ।
  6. मुटुको धड्कन पूर्णरुपमा बन्द त हुँदैन तर कम हुन्छ ।

तयार गर्नेः सन्ताेष पाेखरेल (विभिन्न श्राेतहरूबाट)


Mail us: lekhapadhee@gmail.com