पर्बत । बन्यजन्तु चितुवालाई दाम्लोले बाधेर सडकमा दृश्य सामाजिक संजालहरुमा देख्न सकिन्छ । तर उक्त भिडियोको बास्तबिकता अर्कै रहेको छ। पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा उक्त चितुवा देखेका थिए । उनले कालीगण्डकी बगर नजिकैको रुखमुनि बसेको उक्त चितुवा देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
चितुवा देखिएको हल्लाले स्थानीय र प्रहरी उक्त स्थानमा पुगे । प्रहरी त्यहा पुग्नु अगावै स्थानिय मान्छेहरु जम्मा भइसकेका थिए,’ उक्त स्थानमा पुगेका असई बोहोराले भने, ‘चितुवा त्यति आक्रामक नदेखिएपछि पासो थापेर पक्रने सोच बनाएका थिए । स्थानियले लखेट्दा भाग्न नखोजेको चितुवा बिरामी र असक्त देखिन्थ्यो ।
कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । त्यसपछि दाम्लोले बाधेर उद्दार गरिएको थियो ।
चितुवाले आक्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतको रोहबरमा चितुवालाई केजमा हालेर जिल्ला बन कार्यालयमा लागिएको थियो ।