भाेलि असार ७ गते अहिलेसम्मकै लामो सूर्य ग्रहण (वलय सूर्यग्रहण)


भाेलि असार ७ गते अहिलेसम्मकै लामो सूर्य ग्रहण (वलय सूर्यग्रहण)

असार ७ गते दुर्लभ दिन हुँदैछ उक्त दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । यो ‘वलय सूर्यग्रहण’ हो, तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।

 खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उहाँले सुनाउनुभयो ।