कोरोना भाइरस नेपाल: थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो


कोरोना भाइरस नेपाल: थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा  शनिबार ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ।  जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
अहिलेसम्म कुल ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।