कोरोना भाइरस नेपाल:थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो


कोरोना भाइरस नेपाल:थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

तीमध्ये १,४०२ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सरकारले बिहीवार सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो।

शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११÷११ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८/८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।