नेपालको पहिलो महिला डिन: त्रिभुवन बिश्वबिधालय चिकित्साशास्त्र अध्ययन संस्थान


नेपालको पहिलो महिला डिन: त्रिभुवन बिश्वबिधालय चिकित्साशास्त्र अध्ययन संस्थान

काठमाडौँ ।  प्राध्यापक डा. दिव्या सिंह शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (IOM ) को डिनमा नियुक्त भएको छन । त्रिभुवन बिश्वविद्यालय कार्यकारी परिषद बैठकले सिफारिस पाएका तिन जना प्रा डा उत्तमकृष्ण श्रेष्ठ, प्राडा प्रदीप वैद्य, प्रा डा शाह मध्ये प्रा डा दिव्या सिंह शाहलाइ छनौट गरि डिनमा नियुक्त गरिएको छ । 

 त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (IOM ) मा डिन नियुक्त हुने पहिलो महिला प्राध्यापक डा. दिव्या सिंह शाह हुन । ५५ वर्षीय प्रा डा. सिंह २४ वर्षदेखि शिक्षण अस्पतालमा कार्यरत छिन । डा. सिंह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत हुन। मिर्गौला रोग विशेषज्ञ प्रा डा. सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत हुन। प्रम ओलीलाई नेपालमै दोस्रो पटक सफल मृगौला प्रत्यारोपण गर्ने कार्यमा प्रा डा. सिंहको महत्वपूर्ण भूमिका रहेको थियो । 

त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालिन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण जेठ २१ देखि अवकाश पाए पछि पद रिक्त रहेको थियो ।